कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण बुधबार थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको पराहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो।

उनका परिवारका सदस्य कोभिड १९ बाट मृत्यु भएको दाजुको अन्तिम संस्कारको लागि भारत गएका थिए। अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई असार २४ देखि रौतहटको क्वारेन्टाइनमा राखिएको थियो।

असार २९ गते रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई वीरगञ्जको नारायणी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। २९ गते नै स्वाब संकलन गरिए पनि बुधबार कोरोना पुष्टि भएको रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

आज बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ३९ पुगेको छ।


Leave a Reply

Your email address will not be published.