सशस्त्रका एसएसपी बलात्कार आरोपमा पक्राउ
सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन पोखराका प्रमुख अधिकारीलाई चितवनकी २७ वर्षे युवतीले बलात्कारको आरोप लगाएकी हुन्।
कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले एसएसपी अधिकारीलाई तालिम केन्द्र भित्रबाटै नियन्त्रणमा लिइएको जानकारी दिए। उनले आयोमेलसँग भने, ‘महिला स्वयंले प्रहरीलाई कन्ट्रोल रुममा फोन गर्नुभएको हो। घटना दिउँसो दुई बजेको हो। हामीले आरोपितलाई नियन्त्रणमा लिइसक्यौं।’
एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटनस्थित आफ्नो क्वाटरमा बोलाएका थिए। ती युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधी खुलाएको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन्। युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ।