फुटबलर्स मिसन टुगेदरले गर्‍यो पूर्वफुटबलरकाे सम्मान

फुटबलर्स मिसन टुगेदरले गर्‍यो पूर्वफुटबलरकाे सम्मान

फुटबलर्स मिसन टुगेदरले दोस्रो वार्षिकोत्सव (असार ३१) को अवसरमा बुधबार पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी (महिला/पुरुष) लाई सम्मान गरेको छ। 

सन् १९७९ देखि १९८३ सम्म अन्तर्राष्ट्रिय पुरुष खेलाडी तथा सन् २०१० सम्मका महिला अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मानित गरिएको हो। 
उनीहरूलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको आतिथ्यतामा सम्मान गरिएको थियो। 

फुटबलर्स मिसन टुगेदरका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले पुराना पुस्ताले आफूले सिकेको अनुभव भावी पिंढीका बाँड्न आफ्नो संस्थाले पहल गर्ने बताए। 

त्यतिबेलाका खेलाडीमा सम्मानित हुने गणेश थापा, कृष्ण थापा, श्रीराम रन्जितकार, भक्तराज कर्णिकार, धीरेन्द्र प्रधान, मानबहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर जबरा, अजर मानन्धर, लोकबहादुर शाही, गोपाल श्रेष्ठ, डा. किरण राई, विदुर विष्ट, रामदर्शन गुरुङ, नरेन्द्र श्रेष्ठ, मोहन शाही छन्।

त्यस्तै दीपकहर्ष वज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर, बरुण मानन्धर, कृष्ण आले, डम्बरसिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यमबहादु घले र सुरेश बस्नेत छन्।

महिला खेलाडीमा जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, अनु लामा, अस्मिता खवास, सपना लामा, नमिता दाहाल, उषा भण्डारी, लक्ष्मी पौडेल, मनमाया मगर, दीपा अधिकारी, निरु थापा, सजना राना मगर, मीरा महर्जन, विनिता श्रेष्ठ, दीपा क्षेत्री, रन्जना दर्जी, निशा देवान, तुलसा सिंह रहेका छन्। 

कार्यक्रममा हालै निधन भएका पूर्व राष्ट्रिय फुटबल कप्तान तथा राखेपका सदस्य राजबहादुर सिंह र पूर्व राष्ट्रिय फुटबल खेलाडी शम्भु बाँस्तोलाप्रति श्रद्धान्जली अर्पण गरिएको थियो।


Leave a Reply

Your email address will not be published.