बाढी पहिरो कहर- राहत र उद्धारमा कुनै कमी नगर्न गृहमन्त्रीको निर्देशन

बाढी पहिरो कहर- राहत र उद्धारमा कुनै कमी नगर्न गृहमन्त्रीको निर्देशन

जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिहरुले बाढी पहिरोको क्षति र व्यवस्थापनका बारेमा ध्यानाकर्षण गराएका छन्। 

बनमन्त्री शक्त्ति बस्नेतसहितको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर त्यसबारेमा छलफल गरेका हुन्। मन्त्री बस्नेतका अनुसार छलफलमा वर्षाका कारण प्रभावित बनेको जाजरकोट बारेकोट गाउँपालिकामा गएको पहिरोका विस्थापित तथा घाइतेहरुको उचित व्यवस्थापन गर्ने, क्षतिग्रस्त सडक, सिंचाई, खानेपानी, तटबन्धन, पुलपुलेसा, भु संरक्षण लगायतका पूर्वाधारहरुको पुनर्स्थापना गर्ने, पुनर्वासको योजना बनाउने लगायतका विषयमा छलफल भएको थियो। 

त्यसक्रममा गृहमन्त्री थापाले राहत तथा उद्धारमा कुनै कमी नगर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यस्तै उनले बाढीपहिरोका कारण क्षतिग्रस्त घर तथा अन्य भौतिक संरचना पुनर्निमार्णको मोडालिटीका लागि छलफल भइरहेको बताएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए। 

केही दिनअघि जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोका कारण ११ जनाभन्दा बढीको मृत्यु भएको थियो। 
 


Leave a Reply

Your email address will not be published.