दीपक, संगीना र उपेन्द्रमानकाे राजीनामा

दीपक, संगीना र उपेन्द्रमानकाे राजीनामा

सागका चारपटकका स्वर्णधारी तेक्वान्दोका दीपक विष्ट र ओलम्पियन संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बुधबार राजीनामा दिएका छन्।

दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएका छन्। दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छन्।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजीनामा दिएका छन्। तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन्। 

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ मा राखेपका कर्मचारी कुनै पनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजीनामा दिइरहेका छन्।

त्यही ऐनअन्तर्गत रिक्त बनेकाे राष्ट्रिय खेलकुद परिषद्काे सदस्यसचिवमा नियुक्तिका लागि समिति गठन भएकाे छ।


Leave a Reply

Your email address will not be published.