नेपालको कुल बेरुजु ६ खर्ब ६४ अर्ब पुग्यो

नेपालको कुल बेरुजु ६ खर्ब ६४ अर्ब पुग्यो

नेपालमा कुल बेरुजु रकम ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। 

बुधबार सार्वजनिक महालेखा परीक्षकको ५७औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा कुल ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु कायम भएको हो।

 अघिल्लो आव २०७४/७५ मा कुल बेरुजु ६ खर्ब ८३ अर्ब ६६ करोड कायम भएको थियो।

आव ०७५/०७६ मा  संघीय सरकारतर्फ १७ खर्ब ५६ अर्ब ४ करोडको लेखा परीक्षण भएकोमा ७१ अर्ब ६ करोड बेरुजु देखिएको छ।

प्रदेशमा १ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको लेखा परीक्षण भएकोमा  ८ अर्ब २० करोड बेरुजु पाइएको छ। 

स्थानीय तहमा ७ खर्ब ४० अर्ब रुपैयाँको लेखा परीक्षण भएकोमा  ३८ अर्ब १३ करोड  बेरुजु देखिएको छ। 

महालेखापरीक्षक कार्यालयका नायब महालेखापरीक्षक महेश्वर काफ्लेका अनुसार सरकारी खर्च भए पनि स्रोत प्रमाणित हुन नसकेको हिसाबलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रुपमा राख्ने गर्छ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७५/७६ को ५७औं लेखापरीक्षण प्रतिवेदन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।

 


Leave a Reply

Your email address will not be published.