भोटेकोशीको फुल्पिङमा पहिरो खस्यो, एकैघरका पाँच जना पुरिए

भोटेकोशीको फुल्पिङमा पहिरो खस्यो, एकैघरका पाँच जना पुरिए

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४मा पहिरो जाँदा ५ जना पुरिएका छन्। उनीहरु सबै महिला हुन्। गाउँपालिका अध्यक्ष राजकुमार पौडेलका अनुसार उनीहरु फुल्पिङ गाउँका उनीहरु सबै एकै घरका आमा, एक छोरी, बुहारी र दुई नातिनी हुन्। 

तीमध्य अहिलेसम्म एकजनाको शव निकालिएको उनले जानकारी दिए। 

'पहिरो खसेर एउटा स्कूल पनि पुरिएको छ। अनि एउटा घर पुरियो। त्यहाँ पाँच जना महिला त्यही पहिरोमा पुरिएको हुनसक्छु उनले भने ुमाटो र लेदो धेरै खसेको छ। निकाल्न गाह्रो भइरहेको छ। एकजनाको शव निकालिएको छ।'

त्यहाँ अहिले प्रहरी र स्थानीय उद्धारमा जुटेको उनले बताए। 
 


Leave a Reply

Your email address will not be published.