अर्बपतिहरूको ट्विटर ह्याक गरेर ‘दान’ मागियो

अर्बपतिहरूको ट्विटर ह्याक गरेर ‘दान’ मागियो

विश्वकै धनी व्यक्ति बिल गेट्सको टवीटर एकाउन्ट ह्याक भएको छ।

बिल गेट्सका साथै एलन मस्क, जेफ बोसन लगायतका अन्य अर्बपतिहरुको पनि अकाउन्ट ह्याक भएको हाे। 

अकाउन्ट ह्याक गरेर सर्वसाधारणबाट दान मागिएको छ। यस ह्याक प्रकरणलाई किङ् बिटकाइन नाम दिइएको छ। ह्याक गरिएका अकाउन्टबाट दोब्बर पैसा दिन भनिएको छ।

‘हामीलाई धेरैले समाजलाई पुरानो अवस्थामा ल्याउन आग्रह गरिरहेका छन् अब त्यो समय आइसकेको छ, तपाई एक हजार रुपैयाँ पठाउनुस्, म दुई हजार पठाउँछु’ बिल गेटस नामको अकाउन्टबाट भनिएको छ।

टेस्लाका प्रमुख एलन मस्कोको अकाउन्टबाट बिटकाइनमा पठाएको पैसा २४ घण्टामा दोब्बर बनाई फिर्ता गरिने उल्लेख छ।

‘म कोरोना भाइरस महामारकिो कारणले दान गरिरहेको छु’ बिटकाइनको लिंक सेयर गर्दै भनिएको छ।

यसअघि पनि अमेरिकाका  र्‌यापर कानये वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा, डुमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदार जोन बाइडेनको अकाउन्टसमेत ह्याक गरिएको थियो।

अर्बपतिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको केही मिनेटमै डिलिट भएको थियो।


Leave a Reply

Your email address will not be published.