जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

दाङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा ३ मसोट खोलामा रा १ च ९६२ नम्बरको जीप अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

कपिलवस्तुको कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको जीप दुर्घटनामा पर्दा जीपमा सवार पाँच जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१५ निवासी १६ वर्षीय पदम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्। घाइते वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

दुर्घटनामा जीप चालक ३८ वर्षीय भीमबहादुर वली, २६ वर्षीय देवराज वली, १७  विशाल वली र २४ वर्षीय गोपाल श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।

उनीहरूको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published.