‘दिल्ली दंगामा मारिने ७७ प्रतिशत मुस्लिम’

‘दिल्ली दंगामा मारिने ७७ प्रतिशत मुस्लिम’

गत फेब्रुअरीमा दिल्लीमा साम्प्रदायिक दंगा भडकिँदा मुस्लिम समुदाय नै सबैभन्दा बढी पीडित भएको दिल्ली प्रहरीको अभियोजन प्रतिवेदनबाट खुलेको छ। 

'द वायर'का अनुसार सत्तारुढ भारतीय जनता पार्टी निकट संघ परिवारले दंगालाई ‘हिन्दू विरोधी’ भन्ने हल्ला चलाए पनि दुईतिहाइभन्दा बढी मृतक मुस्लिम पाइएकाे छ। 

सत्तारुढ दलकै मौन आडमा सुनियोजित र संगठित ढंगले दंगा भड्काइएको भन्दै विपक्षीहरूले आलोचना गर्दै आइरहेका छन्। यसैबीच पीडितहरूलाई धर्मका आधारमा समेत वर्गीकरण गरेको प्रहरी प्रतिवेदन बाहिरिएको हो। 

जुलाई १३ मा दिल्ली प्रहरीले दिल्ली उच्च अदालतमा बुझाएको प्रतिवेदनमा मारिनेमध्ये ७७ प्रतिशत (५२ मध्ये ४२ जना) मुस्लिम भएको उल्लेख छ। बाँकी २३ प्रतिशत मात्रै हिन्दू हुन्। दंगामा एक प्रहरी हबल्दार पनि मारिएका थिए। उनी हिन्दू हुन्। 

यसैगरी प्रतिवेदनले दंगाकारीहरूले क्षति पुर्‌याएका घरपसलको पनि वर्गीकृत विवरण दिएको छ। कुल १ सय ८५ घर क्षतिग्रस्त भएकामा १४ वटा मात्रै हिन्दूका परेका छन्।

दंगामा घर जलेकासहित करिब एक हजार मुस्लिम विस्थापित भएको आँकडा छ। पसलकवल पनि मुस्लिमकै बढी (झन्डै ५४ प्रतिशत) क्षतिग्रस्त भएको पाइएको छ। 

प्रहरीको आँकडा मृतक संख्या र तिनको धर्मबाहेक अन्य क्षतिका हकमा न्यून गणना (अन्डरकाउन्ट) मा आधारित भएको भन्दै आलोचनासमेत भइरहेको छ। 

-अनुवादित सामग्री


Leave a Reply

Your email address will not be published.