यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने चार पक्राउ

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने चार पक्राउ

चन्द्रागिरि नगरपालिका-१० गुर्जुधारास्थित  यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा चार जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा ओखलढुंगाकाे चम्पादेवी गाउँपालिका-४ का ३० वर्षीय पुष्कर कटुवाल, धनुषाकाे हरिहरपुर गाउँपालिका-७ का ३० वर्षीय विमल लामा, धादिङकाे बेनीघाट रोराङ गाउँपालिका-६ का २६ वर्षीय विनोद पुलामी र लमजुङकाे मर्स्याङदी गाउँपालिका-२ का २६ वर्षीय उज्ज्वल गुरुङ छन् ।

उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी पास दुरुपयोगको अभियोगमा पक्राउ

चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-४ का ३८ वर्षीय ओमबहादुर दरैलाई प्रहरीले पक्राउ गरेको छ।

दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटक ‍अनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएपछि दरैलाई पक्राउ गरेको हो।

यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनी प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै ड्युटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको उक्त प्रभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published.