हिमानीले राहत वितरण गर्दै भनिन्- मानसिक स्वास्थ्यमा ख्याल गर्नुस्

हिमानीले राहत वितरण गर्दै भनिन्-  मानसिक स्वास्थ्यमा ख्याल गर्नुस्

हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढीपहिरो सहितका विपदका प्रभावितलाई राहत सामग्री वितरण गरेको छ।

पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वको कोषले बिहीबार विशेष कार्यक्रम गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण गरेको हो। हिमानीले राहत सामग्री सम्बन्धित संस्था या समुदायका प्रतिनिधिलाई हस्तान्तरण गरिन्।

हिमानी कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौंका विभिन्न आश्रय गृहमा रहेका बालबालिकाका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको हो।

यस्तै कोषले डिसइन्फेक्सन स्प्रे, पिपिई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाका लागि लिटोसहितका सामग्री हिमानीले हस्तान्तरण गरेकी हुन्।

राहत वितरण कार्यक्रममा प्रेरणा राज्यलक्ष्मीदेवी शाह, शीताष्मा राज्यलक्ष्मीदेवी शाह, कोषकी सदस्य-सचिव रेशमा राना, बोर्ड सदस्य डा. अर्पणा शाहसहित उपस्थित थिए।

कार्यक्रममा हिमानीले मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरिन्। उनले कुनै पनि प्रकारको मनोसामाजिक समस्या देखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिच्किचाउन आग्रह गरिन‌्।

पछिल्लो समय देशभर आत्महत्याका घटनाहरू बढेको सुनिएकाे भन्दै उनले मनोसामाजिक स्वास्थ्यलाई ख्याल गर्नुपर्नेमा जोड दिइन् |


Leave a Reply

Your email address will not be published.