१४ वर्ष अघिको हत्या घटनाका आरोपी पक्राउ, थुनामा राख्न अदालतको अनुमति

१४ वर्ष अघिको हत्या घटनाका आरोपी पक्राउ, थुनामा राख्न अदालतको अनुमति

झापा प्रहरीले हत्या अभियोग लागेका एक जनालाई पक्राउ गरी अदालत पेश गरेको छ।

झापाको तत्काल्लीन टागनडुब्बा गाविस-९ का नत्थु विकको हत्या आरोप लागेका पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले असार ३० गते मेचिनगर नगरपालिका-८ इँटाभट्टा चोकबाट पक्राउ गरेको हो।

पक्राउ परेका विश्वकर्मालाई थुनामा राख्न जिल्ला अदालत झापाबाट असार ३१ गते ७ दिनको अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार पुण्यले ०६३ चैत २४ गते कामाटोली बजारबाट नत्थुको साइकल अनुमति बिना नै लगेका थिए। त्यसपछि नत्थु आफ्नो साइकलका लागि पुण्यका ससुरा नन्दुलाल विश्वकर्माकाे घरमा पुगेका थिए। 

तर, रक्सीको नशामा रहेका पुण्यको कुटपिटबाट नत्थु गम्भीर घाइते भएका थिए। घाइते नत्थुलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा लगिएकोमा ०७३ चैत २५ गते ज्यान गुमाएका थिए।

घटना पश्चात मृतकका ससुरा रामबहादुर विकले पुण्यविरुद्ध किटानी जाहेरी दिएका थिए। 

झापा जिल्ला अदालतले गत वैशाख ३० गते पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय झापा  र इलाका प्रहरी कार्यालय काकटभिट्टाको टोलीले खोजबिन गरेको थियो।

उनी असार ३० गते मेचिनगरबाट पक्राउ परेका हुन्।
 


Leave a Reply

Your email address will not be published.