झापामा चार दिनपछि नयाँ संक्रमित भेटिए

झापामा चार दिनपछि नयाँ संक्रमित भेटिए

झापामा चार दिनपछि एक व्यक्तिमा  कोरोना संक्रमण देखिएको छ। मेचीनगर ४ की एक महिमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि गएको सोमबार गौरीगञ्ज गाउँपालिकाका  ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि झापामा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको थिएन। बिहीबार बाहुनडाँगी सामुदायिक भवनको क्वारेन्टाइनमा बसेकी २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी असार १७ गते भारतको दिल्लीबाट काँकडभिट्टा नाका हुँदै क्वारेन्टाइनमा आएर बसेकी हुन्।

असार २९ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि धरानको कोभिड प्रयोगशाला पठाइएको थियो। उनको  रिपोर्ट पोजेटिभ आएको मेचीनगरपालिकाले जनाएको छ। उनलाई उपचरका लागि विराटनगरको कोभिड पठाइएको छ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यसमध्ये ३८ जना निको भएर घर फर्किएका छन्  । आज सहित झापामा कोरोना संक्रमितको संख्या ३०६ पुगेको छ।

सोमबार  संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज  ६ का २ र ५ का एक जना  पुरुष छन्।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। उनीहरुको मोरङको गोठगाउँमा उपचार भइरहेको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य  शाखा प्रमुख  रामचन्द्र मिश्रले जानकारी दिए।

गौरीगञ्जमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ। तीमध्ये १८ जना उपचारपछि घर फर्किएका छन्।

असार २७ गते भद्रपुर नगरपालिकाका  दुईजनामा संक्रमण देखिएको थियो। उनीहरू भारतबाट फर्किएर कलवलगुडी क्वारेन्टाइनमा बसेका भद्रपुर १० का ३० र ३२ वर्षीय पुरुष हुन्।

उनीहरुको पनि मोरङको गोठगाउँमा उपचार भइरहेको  जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। असार २६ गते  शिवसताक्षी नगरपालिका ६ का ३२ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी कतारबाट आएको  वडाध्यक्ष मनोज कार्की ( खुलाल ) ले बताए।
ती युवा सतासी प्रावि क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

उनको पनि मोरङको गोठगाउँ उपचार भइरहेको छ। शिवसताक्षीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। त्यसमध्ये दुईजना निको भएर घर फर्किएका छन्।


Leave a Reply

Your email address will not be published.