‘ब्रिटिस लाहुरे हुँ’ भन्नेले ठगे पाँच लाख र सुनको सिक्री-औंठी
‘ब्रिटिस आर्मी हुँ’ भन्दै धनमाल ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सामाजिक सञ्जाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आइडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिएर सम्पर्कविहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो।
धरान निवासी एक महिलाको सुनको सिक्री, औंठी तथा नगद ५ लाख रुपैयाँ लिएर मोक्तान दुई महिना अगाडि फरार भएका थिए। उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको परिसरले जनाएको छ। मोक्तानमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।