एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने चालक पक्राउ

एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने चालक पक्राउ

एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा चालक पक्राउ परेका छन्।

बा.५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका-३ बबरगन्ज बस्ने ३५ वर्षीय जुगतलाल महतोलाई काभ्रे बनेपा नगरपालिका-१४ साँगाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।  

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालक समेत आठ जना यात्रु रहेको फेला पारेको थियो। 

चालकले १४ हजार रुपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरू लिएर आएको अवस्थामा फेला पारी उनलई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स चालक महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


Leave a Reply

Your email address will not be published.