अब बैंक खातामा झनै सहज रुपमा रकम जम्मा हुने

अब बैंक खातामा झनै सहज रुपमा रकम जम्मा हुने

सेवाग्राहीको सुविधालाई ध्यान दिँदै आइएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने व्यवस्था मिलाइएको छ। 

देश विदेशमा रहेका सेवाग्राहीले नेपालमा अवस्थित पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा डिपोजिट गरी यो सेवा सजिलैसँग लिन सकिने छ।

यो सेवा विश्वका दुई सयभन्दा बढी देशमा रहेका व्यवसायिक साझेदारहरू मार्फतसमेत उपलब्ध हुने बताइएको छ। विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ।

२ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् यसले सेवा प्रदान गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published.