देउवाविरुद्ध पौडेल र कोइरालाले उजुरी दिए

देउवाविरुद्ध पौडेल र कोइरालाले उजुरी दिए
फाइल तस्बिर।

पार्टी सभापित शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तीन नेताले पार्टी निर्वाचन समितिमा उजुरी दिएका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीका विभागमा अवैधानिक नियुक्ति भइहहेको भन्दै आपत्ति जनाएका छन्। 

सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन गरिसक्नु पर्नेमा अर्को महाधिवेशनको तयारी सुरु हुँदा मनोनयन थालेकोप्रति आफ‍ूहरूको आपत्ति रहेको वरिष्ठ नेता पौडेलले बताए। उनले विधार र आचार संहितालाई कुल्चिएर अगाडि नबढ्न समापति देउवालाई चेतावनी दिए।

आयोमेलसँग कुरा गर्दै उनले भने, 'यो कामचलाउ समिति भइसक्यो। यसले नियुक्ति, मनोनयन केही गर्न पाउँदैन।'

उनीहरूले बुझाएको उजुरी पत्रमा लेखिएको छ, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’


Leave a Reply

Your email address will not be published.