वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्समा गिरावट

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्समा गिरावट

कोरोना भाइरसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा परेको छ। 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को ११ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ३.० प्रतिशतले कमी आएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेकोमा यो वर्ष ई ७ खर्ब ७४ अर्ब ८७ करोडमा खुम्चिएको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।

११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ। । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो। 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ११ महिनामा  ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई ८ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो।


Leave a Reply

Your email address will not be published.