‘इनफ इज इनफ’ले स्मरण गरायो १२ बुँदे सहमति, सरकारविरुद्ध फेरि सडकमा

‘इनफ इज इनफ’ले स्मरण गरायो १२ बुँदे सहमति, सरकारविरुद्ध फेरि सडकमा

'इनफ इज इनफ' अभियानले एक साता अघि सरकारसँग भएको १२ बुँदे सहमति स्मरण गराएको छ।

पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अभियानबीच सहमति जुटेपछि ईः र पुकार बमले १२ दिनको सत्याग्रह तोडेका थिए।

सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै अभियानले सरकारलाई सचेत गराएको हो।

‘हामीले राखेका ११ बुँदे मागमा विविध किसिमको १२ बुँदे सहमति एक हप्ताभित्र कार्यान्वयनमा लैजानेगरी सत्याग्रह र सडक संघर्षका कार्यक्रम रोकिएको भए पनि ‘इनफ इज इनफ’ अभियान सरकारको बेइमानी र नागरिकको स्वास्थ्यप्रतिको लापरवाहीविरुद्ध दोस्रो चरणको अभियानहरु शुरु गरेका छौँ,’  विज्ञप्तिमा भनिएको छ, ‘थप दबाबमुलक अभियानहरुबारे निम्नबमोजिमको विवरण सार्वजनिक गर्दछौँ।’

माग पुरा गर्न सहमति गरेका सरोकारवाला स्वास्थ्यमन्त्रीलाई सचेत गराउन पुल्चोकस्थित मन्त्री निवास अगाडी १२ बुँदे सहमती पालना गराउनको निम्ति धर्ना र खबरदारी कार्यक्रम आयोजना गरिने जनाइएको छ। ‘सडकबाटै दवावमुलक अभियानहरुलाई निरन्तरता दिइनेछ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयले १२ बुँदे सहमतिलाई गम्भीरतापूर्वक ग्रहण नगरी कार्यान्वयन गर्न ढिला सुस्ती गरेमा आगामी दिनमा हामी अझ कडा र कठोरतापूर्वक कदम चाल्न बाध्य हुनेछौँ’  


Leave a Reply

Your email address will not be published.