कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

माछापुच्छ्रे-८ खोराको मुखमा प्रेमराज विकको घर भत्किँदा उनका दुई नाती र एक नातिनीको मृत्यु भएको हो। 

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १७ वर्षीया रेजिना विक रहेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए। 

तीन जना सुतेको कोठामा मात्रै राति पहिरो खसेको हो। अर्को कोठामा सुतेका हजुरबुवा र हजुरआमा भने सुरक्षित छन्। 
 


Leave a Reply

Your email address will not be published.