रूसले काेभिड-१९ काे खाेप अनुसन्धान विधि चाेरेकाे अमेरिका, बेलायत र क्यानडाकाे आरोप

रूसले काेभिड-१९ काे खाेप अनुसन्धान विधि चाेरेकाे अमेरिका, बेलायत र क्यानडाकाे आरोप

रूसले काेभिड-१९ काे खाेपकाे अनुसन्धान विधि चाेरेकाे आराेप लागेकाे छ।

विश्वमा काेराेना संक्रमितकाे संख्या १ कराेड ३९ लाख पुगे पनि खाेप कहिले बन्छ भनेर यकिन नभएका बेला अमेरिका, बेलायत र क्यानडाले रुसमाथि यस्ताे आराेप लगाएका हुन्।

बेलायति मिडिया अनुसार अक्सफोर्ड विश्वविद्यालयले एक परीक्षणमा आफ्नाे प्रोटोटाइप खाेपबाट भाइरसविरुद्ध प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेकाे छ। तर केही घन्टामा बेलायतकाे राष्ट्रिय साइबर सुरक्षा केन्द्रले भन्याे कि एपीटी २९ नामक एक ह्याकर समूहले 'मूल्यवान बौद्धिक सम्पत्ति चोरी  गर्न' खाेप अनुसन्धान गरिरहेकाे बेलायति प्रयोगशालालाई निशाना बनाएकाे छ।

एजेन्सीले भनेकाे छ,' लगभग ५० प्रतिशत निश्चित छ कि एपीटी २९ रूसी खुफिया सेवाकाे हिस्सा हाे' र शोधकर्ताकाे लक्ष्य 'काेभिड-१९ खाेप अनुसन्धानकाे जानकारी एकत्रित गर्नु थियाे।'

अमेरिका, बेलायत र क्यानडाका संयुक्त सुरक्षा सलाहकारहरुले रूसमाथि आराेप लगाएका छन्।


Leave a Reply

Your email address will not be published.