रोनाल्डोबिनाकाे रियलले मेसीको बार्सिलोनालाई पन्छायो

रोनाल्डोबिनाकाे रियलले मेसीको बार्सिलोनालाई पन्छायो

स्पेनी फुटबलको पर्याय जस्तै मानिन्छ, मार्का दैनिक। स्पेनको सबैभन्दा लोकप्रिय खेल पत्रिका पनि हो, मार्का। रियल म्याड्रिडले बिहीबार राति स्पेनी ला लिगा जित्यो, बार्सिलोनालाई निराश पारेर । मार्काको अंग्रेजी संस्करणमा छापिएको यससम्बन्धी सामग्री :

रियल म्याड्रिड यसपल्टको स्पेनी ला लिगा उपाधिका लागि पूर्ण हकदार रह्यो। विशेषत: कोरोना भाइरस संक्रमणको महामारीपछि ब्युँझिएको स्पेनी फुटबलमा रियलको प्रदर्शनलाई खोट लगाउने कुनै ठाउँ थिएन।

त्यसैले रियलले भिल्लारियललाई २-१ ले पराजित गर्दा लगातार १० औं जित थियो, त्याे पनि १० औं खेलमा।

तीन वर्षयता बार्सिलोनालाई लिग उपाधिबाट विमुख गराउन रियलको डगआउटमा थिए, प्रशिक्षक जिनेदिन जिदान।

डिफेन्समा थिए सर्जियो रोमोस अनि आक्रमणमा करिम बेन्जेमा। लियोनल मेसीसहितको बार्सिलोनालाई लिगमा उछिन्नु सजिलो थिएन तर प्रशिक्षक जिदानले यो पनि गरे ।

मेसी आफ्नो खेलजीवनको उत्कर्षमा छँदा पनि बार्सिलोनाले एकैपल्ट मात्र च्याम्पियन्स लिग जित्यो। तर, रियलले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि पाँच वर्षमा चारपल्ट जित्यो। यो पनि कम्तीको उपलिब्ध थिएन।

अहिले रियलले फेरि एकपल्ट लिग जितेको छ, मेसीसहितको बार्सिलोनाविरुद्ध, आफूमा क्रिस्टियानो रोनाल्डो नहुँदा पनि।

यो त अहिलेसम्मकै सबैभन्दा गाह्रो कामभन्दा हुन्छ।

अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि। यसक्रममा सम्भवत: जिदान रियलको पूरा इतिहासमै सबैभन्दा उत्कृष्ट प्रशिक्षक साबित हुन सक्नेछन्। गत सिजन मात्रै उनी फेरि रियल फर्केका थिए।

यसका लागि उनी रोनाल्डोबिनाको टिम सम्हाल्न पनि तयार भए तर यही टिमलाई लिग उपाधि जिदान कुनै दुविधा छाडेनन्।

रियलको सफलताका लागि धेरैभन्दा धेरै श्रेय बेन्जेमालाई दिनुपर्नेछ। किनभने उनले नै टिमको आक्रमण सम्हालेका थिए। त्यसमा घातक पनि साबित भए उनी।

ठ्याक्कैभन्दा जिदान सन् २०१९ को मार्च १२ मा फेरि रियल फर्केका थिए। पहिलो दिनमै उनी भन्थे, ‘अर्को सिजन हाम्रो प्रमुख उद्देश्य लिग जित्नु हुनेछ ।’

प्रेसमा पनि उनले यस्तै बोले । उनी भन्थे, रियलले पक्कै लिग जित्नेछ, यो दाबी गर्न सकिन्न। तर अन्तिम दिनसम्म लिग जित्ने प्रयास छोडिन्न।

अहिले लिगमा एक चरणको खेल बाँकी छँदै उपाधि रियलको नाममा रह्यो। यसैक्रममा जिदान आफ्नो लक्ष्यमा सफल पनि साबित भएका छन्। 

-अनुवादित सामग्री


Leave a Reply

Your email address will not be published.