अमेरिका-भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा बितेको २४ घन्टामा ७५ हजारबढी नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ९ सय ४७ जनाको मृत्यु भएको छ।
अमेरिकामा एकैदिन ७५ हजारबढी नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३६ लाख ९५ हजार २५ पुगेको छ। मृतकको संख्या १ लाख ४१ हजार १ सय १८ पुगेको छ।
अमेरिकाको यो संक्रमणदर अहिलेसम्मकै उच्च हो।
भारतमा पनि पछिल्लो २४ घन्टामा ३२ हजार ६ सय ९५ जनामा संक्रमण देखिएको छ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ हजार ६ सय ९ पुगेको छ, भने संक्रमितको संख्या १० लाख ५ हजार ६ सय ३७ कायम भएको छ।
ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ हजार ८ सय २२ जना पुगेको छ। संक्रमितको संख्या २० लाख १४ हजार ७ सय ३८ छ।
संक्रमितमध्ये ५९ हजार ९ सय ३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ, भने ८२ लाख ७८ हजार ९ सय ४७ जना निको भइसकेका छन्।
कोरोनाका कारण विश्वभर ५ लाख ९३ हजार ६ सय ९० जनाको मृत्यु भइसको छ। विश्वभर संक्रमितको संख्या १ करोड ३९ लाख ४९ हजार ३ सय ८६ पुगेको छ।