इजीलिंक रेमिट्यान्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

इजीलिंक रेमिट्यान्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

इजीलिंक रेमिट्यान्स नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ। 

इजीलिंक रेमिट्यान्स प्रालि नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई) को प्रयोग गरी रेमिट्यान्स कारोबारहरू सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यका रूपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको हो।

इजीलिंक क्लियरिङ हाउसमा आबद्ध भएपछि इजीलिंक रेमिट्यान्सका भुक्तानी कारोबार कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सहज हुने भएको छ।

यसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल–आइपिएसमार्फत तोकिएको समयसीमामा भुक्तानी कारोबार गर्न सकिनेछ। यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सका लागि इजीलिंकको सेवाप्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।

विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसका रूपमा विकास गरिएको एनपिआईमार्फत हाल उपलब्ध कनेक्ट आइपिएस र एनसिएचएल–आइपिएसको सञ्जालमा ५२ बैंक तथा ६३ वित्तीय संस्था आबद्ध छन्।

एनसीएचएलले एनसिएचएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस ई–पेमेन्ट, कनेक्ट आरटिजिएस र एनपिआई  प्रणाली सञ्चालन गर्दै आएको छ।

आफ्ना भुक्तानी प्रणालीमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷पिएसओ, सरकारी तथा अर्धसरकारी संस्थालाई अप्रत्यक्ष र प्राविधिक सदस्यका रूपमा आबद्ध गराई सेवा प्रदान गरिएको छ ।

हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनी ट्रान्सफर, जिएमई रेमिट, भाटभटेनी रेमिट, क्यासवे मनी ट्रान्सफर, आईपे रेमिट र ललित मनी ट्रान्सफर गरी ७ भन्दा बढी रेमिट्यान्स कम्पनी समावेश छन्। 

अन्य ३४ गैरबैंकिङ संस्थाहरू अप्रत्यक्ष र प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। त्यसमा पिएसपी÷पिएसओ, इन्स्योरेन्स कम्पनी, रेमिट्यान्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्था रहेका छन्। 

इजीलिंक रेमिट्यान्स प्रालि सन् १९९९ मा स्थापना भएको कम्पनी हो।


Leave a Reply

Your email address will not be published.