गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिए
गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका १८ र तनहुँका सात जनामा पोजेटिभ देखिएको हो।
संक्रमण पुष्टि हुनेमा नवलपुरको गैंडाकोट नगरपालिकाका १३ पुरुष र पाँच महिला छन्।
त्यसबाहेक तनहुँको म्याग्दे गाउँपालिकामा दुई, भानु नगरपालिकामा दुई र व्यास नगरपालिकामा तीन संक्रमित थपिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ। संक्रमितमध्ये ९ सय २५ जना निको भएका छन् भने चारको मृत्यु भएको छ।