भोलि सचिवालय र आइतबार स्थायी कमिटी बाेलाउने ओली-दाहालबीच सहमति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक फेरि सारिएको छ।
बालुवाटारमा जारी प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच साउन ४ गते स्थायी कमिटी डाक्ने सहमति भएको हो।
सहमतिअनुसार शनिबार सचिवालय बैठक बोलाइने छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक साउन ४ गते बोलाइने भएको बताए।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब छ। राजीनामा मागिएपछि ओली-दाहालबीच लामो छलफल चल्दै आएको छ।
तर, दुवैले आफ्नो अडान नछोडेपछि सहमति हुन सकेको छैन। सचिवालय बैठकबाट प्रधानमन्त्री ओलीले फेरि राजीनामा गर्न दबाब दिने रणनीति दाहाललगायत नेताहरूको रहेको बुझिएको छ।