ओलीको बोलीकाे असर: भारतमा प्रवासी नेपालीमाथि ज्यादती, जबरजस्ती कपाल मुण्डन 

ओलीको बोलीकाे असर: भारतमा प्रवासी नेपालीमाथि ज्यादती, जबरजस्ती कपाल मुण्डन 

भगवान रामको जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीका कारण भारतमा बस्ने नेपालीहरूले दुःख पाउन थालेका छन्। 

भानुजयन्तिका अवसरमा प्रधानमन्त्री ओलीको- 'भारतले नक्कली अयोध्या खडा गर्‍याे, राम पनि नेपाली नै हुन्' भन्ने अभिव्यक्तिविरुद्ध भारत र नेपालमा पनि तीव्र आलोचना भइरहेको छ। 

प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी गरेका थिए। 

ओलीको अयोध्या टिप्पणीपछि हिन्दू कार्यकर्ताहरु भने प्रवासी नेपालीमाथि नै ज्यादती गर्न थालेका छन्। हिन्दूवादी संगठन विश्व हिन्दु सेनाले बनारसमा एक नेपालीलाई जबरजस्ती कपाल मुण्डन गरेका छन्। 

भारतीय समाचारमाध्यम न्यूज-१८ का अनुसार कपाल मुण्डनपछि ती नेपालीको टाउकोमा जय श्रीराम लेखिदिएका छन्। हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। 

भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको छ। युवकको परिचय भने खुलाइएको छैन। उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी समेत दिएका छन्। 

प्रधानमन्त्रीको ओली अभिव्यक्ति पराराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत खण्डन गरेपछि भारतीय पक्षले टिप्पणी गर्न आवश्यक नरहेको बताएको छ। 

भारत सरकारको आधिकारिक धारण नआएपछि सत्तारुढ दल भारतीय जनता पार्टी र हिन्दूवादी नेताहरुले ओलीको भनाइप्रति खरो आलोचना गर्न छाडेका छैनन्।

यसअघि अयोध्याका एकजना सन्तले धर्मादेश जारी गर्दै नेपालका सडकमा आफ्ना अनुयायी उतार्ने र एक महिनाभित्र केपी ओली सरकार ढालिदिने उद्घोष गरेका थिए। 

 


Leave a Reply

Your email address will not be published.