रोकिएनन् हिंसाका घटना

रोकिएनन् हिंसाका घटना

दाङमा लकडाउनको समयमा बलात्कार, बलात्कारका प्रयास तथा यौन दुव्र्यवहारका गरी ३२ वटा घटना घटेका छन्। 

इन्सेक दाङका अनुसार चैत ११ देखि असार अन्त्यसम्म दाङमा भएका ६७ वटा मानवअधिकार उल्लंघनका घटनामध्ये ३२ वटा बलात्कार र यौनजन्य घटना घटेका हुन्।

बन्दाबन्दीका क्रममा भएका सबैभन्दा धेरै बलात्कार र यौन दुव्र्यवहारका घटनामा ४० महिला पीडित भएको इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी गराए।

उनका अनुसार २०२० जनवरीदेखि जुनसम्म दाङमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका घटना २७ वटा भएको छ।

बलात्कारका घटना २७ वटा, बलात्कार प्रयास १२ र चारवटा यौन दुव्र्यवहारका घटना भएको छ। सात वर्षीया बालिकादेखि ६४ वर्षीया वृद्धसमेत बलात्कारमा परेको जिल्ला प्रतिनिधि पुनले बताए।

इन्सेकका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा ४२ वटा बलात्कार र प्रयासका घटना घटेका थिए। विगतको तुलनामा बलात्कार र बलात्कार प्रयासका घटनामा कमी आउन नसकेको उनले बताए।

बन्दाबन्दीकै समयमा घरेलु हिंसा आठवटा, धम्की र कुटपिटका घटना चारवटा, दुव्र्यवहारका तीनवटा, सम्पत्ति आगजनी, हत्या प्रयास, बालविवाह र आत्महत्या दुरुत्साहनका घटना २-२ वटा तथा तोडफोड, घर निकाला र बेवारिसे शव फेला परेका १-१ घटना घटेका छन्।

बन्दीबन्दीको समयमा भएका ६७ वटा घटनामा ५८ महिला र २५ पुरुषहरू गरी ८३ जना नागरिक पीडित भएका छन्। 

त्यसमा राज्यबाट आठवटा, गैरराज्यको तर्फबाट ५६ वटा र अज्ञात समूहबाट ४ वटा  घटना भएको इन्सेक दाङले जनाएको छ।  

बितेको ६ महिनाको अवधिमा जिल्लामा घटेका १ सय २४ वटा मानवअधिकार उल्लंघनका घटनामा बलात्कार र घरेलु हिंसाका २७-२७ घटना घटेको प्रतिनिधि पुनले जानकारी दिएका छन्।

बलात्कारका २७ घटनामा ४४ तथा घरेलु हिंसाका घटनामा २७ जना पीडित भएको उनले जानकारी गराए।

उनका अनुसार बलात्कारका प्रयासमा १२ वटा, गैरकानुनी गिरफ्तारीका १७ वटा घटना, धम्की र कुटपिटका ९ वटा, दुव्र्यवहारका ५ वटा, यौन दुव्र्यवहार र सम्पत्ति आगजानीका ४-४ वटा, बालविवाह, तोडफोड र उपभोक्ता अधिकारका ३-३ वटा घटना भएका छन्। 

बन्द हड्ताल र आत्महत्या दुरुत्साहनका २-२ वटा र हत्या, बेवारिसे शव, कथित बोक्सी आरोप, घर निकाला, जातीय भेदभाव र तालाबन्दीका १-१ वटा घटना भएको जनाइएको छ। त्यसमा ८२ महिला र ६६ पुरुष गरी १ सय ४८ जना व्यक्ति पीडित भएका छन्। उक्त घटनामा १ सय ३९ जना पीडक रहेका छन्।

१ सय २४ घटनामध्ये राज्यबाट २१ वटा, गैरराज्यबाट ९२ वटा र अज्ञात समूहबाट ११ वटा घटना भएका छन्। गत वर्ष ६ महिनामा १ सय २३ घटना घटेको इन्सेकले जनाएको छ। 

विगतको तुलनामा यो वर्ष मानवअधिकार उल्लंघनका घटनामा कमी आउन नसकेको इन्सेकले जनाएको छ।


Leave a Reply

Your email address will not be published.