अनलाइन कक्षा र परीक्षाका लागि आयो सफ्टवेयर 

अनलाइन कक्षा र परीक्षाका लागि आयो सफ्टवेयर 

विद्यालय सूचना व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालन सम्बन्धी सफ्टवेयर विकास गरेको छ। 

लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याएको हो। 

विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो सफ्टवेयर महत्वपूर्ण हुने दाबी टेक्नोलोजीको छ। 

टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अभिषेक शिवाकोटीका अनुसार, सेवा लिन चाहने सरकारी विद्यालय तथा तिनै तहका सरकारसँग साझेदारीमा कार्यक्रम सञ्चालनको प्रस्ताव गरिएको छ। 

सरकारी निजी साझेदारी योजना अनुसार ५० प्रतिशत छुटमा सेवा विस्तारको योजना ल्याइएको शिवाकोटीले बताए। 

यो सेवा केही अवधिका लागि निजी शैक्षिक संस्थालाई पनि छुट दिएर देशभर सेवा विस्तार गरिने उनले बताए । सफ्टवेयरमार्फत घरमै बसेर कक्षा र परिक्षा लिन मिल्ने छ भने विद्यार्थी तथा शिक्षकको हाजिरीसमेत लिन मिल्नेछ। 

पाठ्यक्रम तयार पार्न,  विद्यार्थी तथा शिक्षकको मूल्याङ्कन गर्न, भिडियो तथा अडियो सन्देशहरू पठाउन मिल्ने उनले बताए।

टेक्नोलोजीका सञ्चालक अन्जन अधिकारीका अनुसार २ सय ५० भन्दा बढी सुबिधा भएको सफ्टवेयरमार्फत विद्यार्थी शुल्क, तलबलगायत अन्य हिसाब-किताब राख्न सकिने बताए।

नियामक निकायलाई नियमन गर्न सजिलो हुने यस कार्यक्रममा ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने दाबी उनको छ। आगन्तुकहरूको फोटोसहितको विवरणसमेत सफ्टवेयरमार्फत राख्न सकिने अधिकारीले बताए।

विद्यालय व्यवस्थापनमा सम्पूर्ण सूचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकका लागि छुट्टै लग–इन गर्न मिल्ने उनले बताए। अनलाइन परीक्षा, गृहकार्य व्यवस्थापन, परिचय-पत्र, प्रवेश-पत्र तथा  नतिजा कार्ड सिस्टमबाटै हेर्न साथै प्रिन्ट गर्न सकिने जनाइएको छ। 

एसएमएस तथा इमेल सुविधा, म्यासेजिङ सिस्टम, विदालगायतको जानकारी सिस्टममै दिन सकिने सफ्टवेयर लामो समयसम्म नवीकरण गर्न नपर्ने अधिकारीले बताए। 


Leave a Reply

Your email address will not be published.