विदेशमा रहेका श्रमिकप्रति सरकार उदासीन बन्यो : कांग्रेस
नेपाली कांग्रेसको कोरोना अनुगमन समितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा रोजगार व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ।
कांग्रेस सहमहामन्त्री एवं समितिका सयोजक डा. प्रकाश शरण महत नेतृत्वको टोलीले कोरोनाका कारण वैदेशिक रोजगारीको अवस्था, विदेशमा रहेका कामदारको अवस्था र नेपाल फर्किएका युवा जनशक्तिलाई कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको हो।
छलफलमा व्यवसायीहरूले वर्तमान अवस्थामा आफूहरू निकै अप्ठ्यारोमा परेको बताएका थिए। उनीहरूले राज्य बिदेशमा अप्ठेरोमा परेका नाकरिकलाई फर्काउनसमेत उदासिन बनेको उनीहरूको आरोप थियो।
वैदेशिक रोजगार व्यवसायीले कसरी युवाहरूलाई रोजगारीमा सहयोग पुर्याउन सक्छन् भन्ने विषयमा छलफल भएको समितिका सदस्य नैनसिंह महरले जानकारी दिए। विदेशमा काम गरेर पठाएको रकमले देश धान्निरहेको अवस्थामा उनीहरूप्रति राज्य उदासीन बन्नु चिन्ताको विषय भएको उनले बताए।
कार्यक्रममा वैदेशिक रोजगारले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पारेको प्रभावका बिषयमासमेत छलफल भएको थियो ।