कृषिमा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने, किसान क्रेडिट कार्ड

कृषिमा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने, किसान क्रेडिट कार्ड

कृषि विकास बैंकलाई कृषि कर्जाको अगुवा बैंक बनाइएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नीति जारी गरेर कृषि कर्जाको अगुवाको रुपमा कृषि विकास बैंकलाई निर्धारण गरेको हो।

गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूले कुल कर्जाको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बताए। नेपालमा हाल २७ वाणिज्य बैंक छन्। 

वाणिज्य बैंकहरूले कृषि उत्पादनमा आत्मनिर्भर हुँदै खाद्य सुरक्षा कायम गर्न र वहुसंख्यक नेपालीको आयआर्जन तथा रोजगारीको आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि  कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने छ।

जग्गा एकीकरण वा करार मार्फत व्यावसायिक कृषि, उद्योग र अन्य व्यवसाय सञ्चालनमा कर्जा प्रवाह सहजीकरण गर्ने उद्देश्यले लिज सम्पत्ति सुरक्षण सम्बन्धी नीतिगत व्यवस्था गरिने जनाइएको छ।
 

यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नै पर्ने व्यवस्था थियो। अब कृषिमा १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत कर्जा लगानी गर्नुपर्नेछ।

वाणिज्य बैंकले कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा ५० प्रतिशतले बढाएको छ। 

 गभर्नर अधिकारीले कृषि बैंकले कृषि ऋण पत्र समेत जारी गर्नसक्ने छ, भने थप वित्तीय साधन कायम गरिनेछ।

यसैगरी सरकारले बजेटमा कायम गरेको किसान क्रेडिट कार्डलाई पनि अगाडि बढाइने भएको छ। कृषि कर्जा लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने छ।

यसका निमित कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्नेछ। 

यसैगरी,कृषिकर्जा गणना विधिमा परिमार्जन गरिएको छ।

फलफूलमा आत्मनिर्भर हुन सहयोग पु-याउने गरी व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिचि, एभोकाडो लगायतका फलपूmल खेतीको लागि लिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्ने व्यवस्था गरिएको छ।

रेशम, जुट, कपास लगायतका कृषि खेतीको विकास गरी उद्योगसँग अग्र सम्बन्ध र पृष्ठ सम्बन्ध स्थापित गर्ने कृषि उत्पादन अभिवृद्धि गर्नेतर्फ कर्जा प्रवाहलाई प्रोत्साहित गर्न कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाइने मौद्रिक नीतिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published.