प्याब्सन तथा एन प्याब्सनविरुद्ध चरणवद्ध आन्दोलन गर्छौं : शिक्षक युनियन

प्याब्सन तथा एन प्याब्सनविरुद्ध चरणवद्ध आन्दोलन गर्छौं : शिक्षक युनियन

संस्थागत विद्यालय शिक्षक युनियनले प्याब्सन तथा एन प्याब्सनले गैरकानुनी र अमानवीय काम गरेको भन्दै आन्दोलनमा उत्रिने जनाएको छ। 

कोरोना भाइरस महामारीको कारण देखाएर संस्थागत विद्यालयले साउन १ गतेदेखि अनलाई कक्षा बन्द गर्नुका साथै शिक्षक कर्मचारीलाई बेतलवी बिदामा राख्ने निर्णय गरेकोभन्दै शिक्षक युनियनले विरोध जनाएको हो। आफूहरूका माग सम्बोधन नभए आन्दोलन तथा कडा संघर्ष गर्ने युनियनको चेतावनी छ।

‘महामारीको बहाना देखाएर शिक्षक कर्मचारीको रोजिरोटी खोस्ने गैरकानुनी र अमानवीय काम गरिएको छ। यसकाविरुद्ध युनियन एकजुट भई अघि बढ्छ,’ संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भोलानाथ चालिसेले भने, ‘४ गते ४ बजेभित्र हाम्रो माग सम्बोधन नभए हामी कडा आन्दोलन गर्छौं।’

प्याब्सन तथा एन प्याबसनले आफूखुसी कर्मचारी निकाल्ने र अनलाइन कक्षा बन्द गरी विद्यार्थीको पढ्न पाउने अधिकार उल्लंघनको उनीहरूको आरोप छ। उक्त कार्य संविधान तथा शिक्षा श्रम ऐन विपरित भएको युनियनले जनाएको छ।

संस्थागत विद्यालयले मनमर्जि गरेर विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगायो। निजी विद्यालयमा भइरहेको चरम व्यापारीकरणको अन्त्य गर्न पनि उसले माग गरेको छ।

आज युनियनले मानव अधिकार आयोगमा ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको छ। शनिबार शिक्षामन्त्री तथा श्रममन्त्रीलाई भेटेर सरकारको ध्यानाकर्षण गराउने युनियनले जानकारी दियो।

युनियनले साउन १ गतेदेखि बन्द गरिएको अनलाइ‌न कक्षा पुनः सञ्चालन गरिनुपर्ने र  शिक्षक कर्मचारीलाई बेतलवी विदामा राख्न नपाइने मागलाई प्राथमिकताका साथ अगाडि सारेको छ।

संस्थातग विद्यालयमा करिब २ लाखको संख्यामा शिक्षक कर्मचारीहरू रहेका छन्। 

यस्ता छन् युनियनका विरोध कार्यक्रम

– ५ गते प्याब्सन र एन प्याब्सनको कार्यालय तथा जिल्ला समितिहरूमा विरोधपत्र टासि तालाबन्दि गर्ने ।

– ६ गते काठमाडौं र विराटनगरमा विरोध सभा आयोजना गर्ने । 

– ७ गते उपत्यकामा शिक्षा विभाग र मानव स्रोत विकास केन्द्रमा धर्ना दिने ।

– ८ गते जिल्ला र पालिकाहरूको संयुक्त आयोजना र केन्द्र तथा प्रदेश सरकारको समेत सहयोगमा शिक्षा विकास तथा समन्वय एकाई र पालीकामा ज्ञापनपत्र बुझाई धर्ना दिई मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने ।


Leave a Reply

Your email address will not be published.