ऋणकाे भाका एक वर्षसम्म थपियो, कोभिड-१९ को असर रहुन्जेल बैंकले जरिवाना लिन नपाउने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने भाका एक वर्षसम्मका लागि थपेको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको किस्ता र ब्याज चुक्ता गर्ने अवधि ०७७ असार मसान्तसम्म रहेकाे क्षेत्रकाे प्रकृति हेरी ६ महिनादेखि १ वर्षसम्म थपेको हो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार सामान्य प्रभाव परेको क्षेत्रमा पुस मसान्तसम्म अल्पकालीन कर्जाको म्याद थप गरिएको छ।
त्यसैगरी, मध्यम प्रभाव परेका क्षेत्रको कर्जाको म्याद चैत मसान्तसम्म थप गरिएकोमा अति प्रभावित क्षेत्रलाई १ वर्षको म्याद दिइएको छ।
पर्यटन क्षेत्रमा थप नयाँ म्याद पनि राख्न सकिने छ।
सरकारले यसअघि चैत मसान्तसम्म भाका रहेको कर्जाको किस्ता र ब्याज असारसम्म तिर्दा हर्जाना नलाग्ने गरी सहुलियत दिएको थियो।
तर, असार लागेसँगै बैंकहरूले किस्ताका लागि ताकेता गर्न थालेपछि निजी क्षेत्र सरकारकहाँ पुगेको थियो।
यसैगरी, कोरोना संक्रमणको अवस्था सामान्य नहुन्जेलसम्म बैंकहरूले ऋणिसँग जरिवाना लिन पाउने छैनन्। यो अवधि एक वर्षका लागि हो।
सम्बन्धित समाचार : कोभिड-१९ पछिको आर्थिक पुनरुत्थानका लागि मौद्रिक नीतिमा के छ?
अब लघुवित्तले लाइसेन्स नपाउने, ब्याजमा नियन्त्रण
कृषिमा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने, किसान क्रेडिट कार्ड
शेयर धिताेमा ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने