वीरेन्द्रनगरमा देखियो सलहको बथान

वीरेन्द्रनगरमा देखियो सलहको बथान

कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सलहको बथान प्रवेश गरेको छ। यसअघि सुर्खेतका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार भने वीरेन्द्रनगरमा लाखौंको संख्यामा देखिएको हो।

कृषि विकास निर्देशनालय सुर्खेतका वागवानी अधिकृत याम रानाले सलह वीरेन्द्रनगर आइपुगेको बताए।

शुक्रबार करिव दुई बजे तिर वीरेन्द्रनगर प्रवेश गरेको सलह भगाउनका लागी कृषकहरूले खेतवारीमा थाल (भाडा) बजाएका थिए। यसका साथै वीरेन्द्रनगरका विभिन्न स्थानमा कृषकहरू खेतवारीमा आगोसमेत बालिरहेका छन्।

अफ्रिकाबाट फैलिन सुरू भएको सलह किरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो। ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ।

भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पु-याएको छ।


Leave a Reply

Your email address will not be published.