देशभर थपिए १ सय १ जना कोरोना संक्रमित
नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभर ५ हजार ८ सय ७१ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। शुक्रबार पुष्टि भएकासँगै देशभर १७ हजार ४ सय ४५ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार २७ वटा प्रयोगशलामा शुक्रबार ४ हजार ६ सय ८८ नुमना परीक्षण भएको छ।
आज देशका क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ रहेका मन्त्रालयले जनाएको छ। देशभरबाट पछिल्लो २४ घण्टामा २८५ जनाले संक्रमण जितेका छन्।
योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ। यो संख्या कुल संक्रमित मध्ये ६६.१२ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ।