भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
सप्तरी राजविराज नगरपालिका वडा १ का ७३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ति पुरुषमा मुटु रोग तथा मधुमेहको समस्या रहेको थियो।
असार ३१ गते बेलुका खोकी, ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको स्वाब संकलन गरिएको थियो। पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
स्वास्थ्य अवस्थामा जटिल भएका कारण भेन्टिलेटरमा उपचाररत उनको बिहीबार राती १० बजे निधन भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ४० पुगेको छ।