जगरनाथपुर गाउँपालिकामा एक युवती बलात्कृत

जगरनाथपुर गाउँपालिकामा एक युवती बलात्कृत

पर्साको जगरनाथपुर गाउँपालिकामा बिहीबार राति एकजना महिला बलात्कारको सिकार भएकी छन्। बलात्कार भएकी महिलाको स्वास्थ्य परीक्षण भएको छ।

प्रहरी उपरीक्षक गंगा पन्तले स्वास्थ्य परीक्षण भएको र ती महिलासँग सोधपुछ भइरहेको बताइन्। राजनीतिक तथा अन्य कारणबाट प्रतिशोध साँध्ने भावनाले बलात्कारको घटना बाहिरिएको भन्दै अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ। 

हिजो राति तीनजना राँगा कारोबारीले एक २२ वर्षीया मुस्लिम युवतीलाई बलात्कार गरेको जनाइएको छ। घटनाबाट फरक किसिमको बयान आएकाले अहिले बलात्कारमा संलग्नलाई पक्राउ गरिएको छैन।

उनीहरूको नाम पनि सार्वजनिक गरेको छैन। परिवारजनले भने तीनजनाले सुपौली गाउँनजिक बगैंचामा लगेर बलात्कार गरेको आरोप लगाएका छन्।
 


Leave a Reply

Your email address will not be published.