झडपमा खुँडा प्रहार गर्ने युवा पक्राउ

झडपमा खुँडा प्रहार गर्ने युवा पक्राउ

बाँकेको राप्तीसोनारीमा दुई समूह बिच बिहीबार बेलुका भएको झडपमा खुँडा प्रहार गर्ने युवा पक्राउ परेका छन्। स्टकमा रहेको नदिजन्य पदार्थ ढुवानीको विषयमा राप्तिसोनारीको कचनापुर र ढकेरीका दुई युवा समूह बिच हिंसात्मक झडप भएको थियो।

झडपमा राप्तिसोनारी गाउँपालिका- ९ का बिर बहादुर खत्री गम्भीर घाइते भएका थिए। उनको शरिरमा खुँडा लगाएतका धारिलो हतियार प्रहार गरीएको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा उद्धार गरी कोहलपुरस्थित मेडिकल कलेजमा पु-याइएका खत्रीलाई थप उपचारकालागि शुक्रबार काठमाडौं रिफर गरिएको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जना युवालाई पक्राउ गरेको छ। घटनालगत्तै फरार भएका नारायण डाँगी, रत्न भण्डारी, सुनिल परियार र चुडामणी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.