विप्लव नेकपाका रोल्पा इन्चार्ज पक्राउ

विप्लव नेकपाका रोल्पा इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज कमल थापा ‘विजुली’ पक्राउ परेका छन् ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका–६ गजुल घर भएका ४२ वर्षका थापा छिमेकी गाउँबाट आज दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

चन्दा अशुली तथा धम्की दिने कार्यमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरी थप अनुसान्धान थालिएको प्रहरीले जनाएको छ। विप्लव समूहले जिल्लाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूमाथि चन्दा माग गर्दै फोनमार्फत धम्की दिने गरेको गुनासो बढेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.