विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो
विश्वभर कोरोना भाइरसको संक्रमित संख्या १ करोड ४० लाख नाघेको छ। अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जनामा संक्रमण पुष्टि भएको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ६ सय ६५ जना पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ।
त्यहाँ हालसम्म ३६ लाख ३८ हजार २ जनामा संक्रमण पुष्टि भइसकेको छ। अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या १ लाख ३९ हजार १२८ पुगेको छ।
अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएका छन्।