ऐश्वर्या र छोरी आराध्या पनि अस्पताल भर्ना

ऐश्वर्या र छोरी आराध्या पनि अस्पताल भर्ना

बलिउड सुपरस्टार अमिताम बच्चनमा केही दिन पहिले कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि परिवारका सदस्यको जाँच गर्दा जया बच्चन बाहेक सबैमा संक्रमण पाइयो।

कोरोना पुष्टि भएस‍ँगै अमिताभ र अभिषेक बच्चनलाई नानावती अस्पतालमा भर्ना गरियो।

तर, ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि नानावती अस्पतालमा भर्ना गरिएको छ। कोरोना पुष्टि भए पनि ऐश्वर्या र आराध्यामा कोरोनाका कुनै लक्षण नदेखिएकाले घरमै होम क्वारेन्टाइनमा राखिएको थियो।

तर, यतिबेला ऐश्वर्यामा ज्वरो आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनमा ज्वरो आएपछि चिकित्सकहरूले अस्पताल जान सुझाएपछि उनी पनि नानावती अस्पताल भर्ना भएकी हुन्।

ऐश्वर्यामा ज्वरो आउनुका साथै घाटिमा समस्या देखिएको छ। उनकी छोरी आराध्याको पनि दोस्रो पटक कोरोना परीक्षण गरिएको छ। उनको अवस्था सामान्य रहे पनि आमासँगै अस्पताल लगिएको छ। 

अस्पतालमा उपचाररत अमिताभ र अभिषेकको अवस्था पनि सामान्य छ।


Leave a Reply

Your email address will not be published.