सिरहामा नेकपा नेताको घरमा बम प्रहार

सिरहामा नेकपा नेताको घरमा बम प्रहार

सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता उगरण यादवको घरमा बम प्रहार भएको छ। शुक्रबार मध्य राति सुतिरहेको अवस्थामा उनको घरमा बम प्रहार भएको खबर प्राप्त भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेलले बताए।

औरही गाउँपालिका–५ स्थित घरमा बम विस्फोट गरिएको हो। उनी पूर्वगाविस अध्यक्षसमेत हुन्।

बम विस्फोटबाट घरमा कुनै क्षेति नपुगेको प्रहरीले जनाएको छ। बम कसले र किन प्रहार गरेको हो भन्ने बारे खोजि भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.