बसन्त थापाको ‘आधा माया’ बजारमा
गीतकार बसन्त थापाको संगीतमा रहेको नेपाली लोकदोहोरी गीत 'आधा माया' बजारमा आएको छ। गीतकार प्रल्लाद सुबेदीको शब्द रहेको गीतमा बिक्रम परियार र सुनिता बुडा क्षत्रिको स्वर रहेको छ।
गीतको संगीत संयोजनकृष्ण बिक (भान्जा) ले गरेका हुन्। गीतको म्युजिक भिडियोमा अभिनेता दिलिप राय माझि र मोडल ऐस्वर्या सुनुवारको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफर सुनिल क्षत्रिले गरेका हुन्।
नबराज उप्रेतीको छायांकनमा तयार पारिएको भिडियोको सम्पादन अमृत चापागाईको रहेको छ। भिडियोलाई श्रोता संगित युटुब च्यानलमार्फत सार्बजनिक गरिएको हो।