स्पेनले किन मार्दैछ, यी लाखाै जनावर?

स्पेनले किन मार्दैछ, यी लाखाै जनावर?

कोरोना भाइरसका कारण विश्वभरि लाखौं मानिसको मृत्यु भइसकेको छ। करोडभन्दा धेरै मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन्। 

तर योसँगै कैयौ जनावरसमेत कोरोना भाइरसबाट अछुतो छैनन्। 

यसबीचमा स्पेनले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि एकलाख भन्दा बढी जनावरहरु मार्ने आदेश दिएको छ। 

उत्तर पूर्वी स्पेनको एक फार्ममा धेरैजसो मिंकहरुलाई कोरोना भाइरस पुष्टि भएपछि स्पेन सरकारले ति जनावरहरु मार्ने आदेश सुनाएको हो। 

गत मे महिनामा त्यो फार्ममा काम गर्ने एक कर्मचारीकी श्रीमतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि ती महिलाका श्रीमान तथा फार्मका अरु कर्मचारीहरुमा पनि संक्रमण पुष्टि भयो। 

मिंकको रौंबाट धेरै प्रकारका सरसामान तथा जाडो छेक्ने कपडाहरु बनाइन्छ। जो विश्व बजारमा निकै महंगोमा बिक्री हुन्छ। 
यो युरोपतिर पाइने एक प्रकारको स्तनधारी जनावर हो। 

यी कर्मचारीहरुमा संक्रमण पुष्टि भएपछि मिंकहरुलाई छुट्टै राखिएको थियो। निगरानी पनि बढाइएको थियो। 

त्यसपछि १३ जुलाईमा ती जनावरहरुमा परीक्षण गर्दा लगभग ८७ प्रतिशत मिंकमा कोरोना संक्रमण पुष्टि भयो। 

त्यसपछि स्वास्थ्य अधिकारीले फार्ममा भएका लगभग सबै ९२ हजार ७ सयभन्दा बढी मिंकहरु मार्न आदेश दिएका छन्। 

सरकारले ती फार्मका मालिकलाई आर्थिक सहायता दिने पनि बताएको छ। मड्रिड सहर पूर्व करिब २ सय किलोमीटर टाढाको एउटा गाउँमा यो फार्म छ। 

त्यहाँका राज्यमन्त्री जाओक्वीन ओलोनाले एउटा पत्रकार सम्मेलनमा यी जनावर मार्ने निर्णय मानिसलाई कोरोना संक्रमणबाट बचाउनका लागि लिइएको दाबी गरेका थिए। 

स्पेनमा लगभग २ लाख ६० हजार मानिस भाइरसबाट संक्रमित भइसकेका छन् भने करिब साढे २८ हजार मानिसको भाइरस संक्रमणबाट मृत्यु भइसकेको छ। 

यो भाइरस संक्रमणको खतरा जनावरबाट मानिसमा हुन्छ या मानिसबाट जनावरमा सर्छ? यसको एकीन अझै भइसकेको छैन। 

चीनको वुहान सहरबाट फैलिएको यो भाइरस सुरुमा कुनै समुद्रीय जनावरबाट मानिसमा प्रसार भएको आंकलन गरिएको थियो तर, त्यसको कुनै आधिकारिक प्रमाण भने छैन। 

संक्रमणको भयावहसँगै चीनले जंगली जनावर र तिनको मासुको व्यापारमा प्रतिवन्धको घोषणा गरेको थियो। चीनमा जंगली जनारवरको व्यापार खर्बाैमा हुने गथ्र्याे। 

यो व्यापारलाई प्रतिवन्ध गर्नका लागि चीनले जनावर सम्बन्धि कानुन पनि कडा बनाउने घोषणा गरेको थियो। 

स्पेनसँगै डेनमार्क तथा नेदरल्याण्डलगायतका देशमा पनि यी जनावारहरुमा संक्रमण पुष्टि भएको छ। यसको मासु अनि रौंको विश्वबजार निकै महंगो छ। 

नेदरल्याण्डमा त भाइरसको संक्रमणपछि दश हजारभन्दा बढी मिंकहरु मारिइसकेको छ। 

बिबिसीबाट


Leave a Reply

Your email address will not be published.