कैलाली गाउँमा ‘ग्याङ’ फइट, खुकुरी प्रहार हुँदा दुई घाइते
धनगढी उप–महानगरपालिका–१३ राजपुरमा ‘ग्याङ’ फाइट हुँदा खुकुरी प्रहार भई दुई जना घाइते भएका छन् ।
शुक्रबार राती भएको दुई युवा समूह बिचको झगडापछि खुकुरी प्राहर भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। झगडामा परी धनगढी–१३ कै दुई जना घाइते भएका र उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
घाइते मध्य १ जनाको अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको बुझिएको छ। प्रहरीका अनुसार यसअघि पनि दुई समूह बिच सामान्य झगडा भएको थियो ।
चाकुप्रहार गर्ने दुई जना वडा नम्बर–२ का रहेका बझिएको छ। उनीहरू यस अघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ। यसअघिको झगडाको रिस साँद्धन चाकुप्रहार गरिएको बुझिएको छ।