किर्ते नागरिकता बनाउने एक जना पक्राउ

किर्ते नागरिकता बनाउने एक जना पक्राउ

किर्ते कागजात पेस गरी नागरिकता बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। छ वर्षअघि  किर्ते नागरिकता बनाएका झापाका ४२ वर्षीय भीम बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ लगत्तै उनलाई जेल चलान गरिएको छ। ताप्लेजुङ डुम्रिसे घर भइ हाल झापा  बुद्धशान्ति गाँउपालिका- ४ बस्ने उनले किर्ते कागजत बनाएको मुद्दा छ वर्ष पहिले नै परेको थियो।

झापा जिल्ला अदालतले २०७३ जेठ ३१ गते मुद्दाको फैसला गर्दै उनलाई दोषी ठहर गरेको थियो। जिल्ला प्रशासन कार्यालय झापाले उनले झुक्याएर नागरिकता लिएको  प्रमाण  जिल्ला अदालतमा पेसेको थियो।

उनले ०७१–०४४३ नम्बरको नागरिकता किर्ते गरी बनाएका थिए। नागरिकता किर्ते मुद्दामा खड्कालाई १६ महिना कैद र पाँच हजार ५५० रुपैयाँ जरिवाना तोकिएको थियो।

खड्कालाई अदालतमा पेश गर्दा  कैद भुक्तानको लागि झापा कारागार पठाउन आदेश भएको थियो। खड्का  किर्ते मुद्दाका फरार अभियुक्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

विशेष सूचनाको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई बुद्धशान्तिबाट पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published.