एडभेन्चरले ठेक्का पाएको पथरैया पुल अलपत्र

एडभेन्चरले ठेक्का पाएको पथरैया पुल अलपत्र

६ वर्षसम्म धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुल निर्माण नगरेको एलाइड एडभेन्चर जोइन्ट जेभीले कैलालीको लम्कीचुहा नगरपालिकास्थित पथरैया नदीमा निर्माणाधिन पुललाई पनि अलपत्र पारेका छ।

काम सम्पन्न गर्ने सम्झौता अनुसार एड्भेन्चर प्रालिसँग सम्झौता भएको पुल निर्धारित मितिमा २० प्रतिशतमा मात्रै सीमित रहेकाे थियो। निर्धारित समयमा बेस मात्रै बनाएर छोडेको पुललाई निर्माण कम्पनिले एक वर्ष म्याद थप गर्दासमेत सम्पन्न गर्न नसकेको सडक डिभिजन कार्यालय धनगढीका इन्जिनियर लक्ष्मण जोशीले बताए। 

उनका अनुसार एड्भेन्चर जेभी कन्ट्रक्सनका नाममा ठेकेदार चन्द्र शेखर मल्ले सो पुल निर्माणका लागि २०७४ जेठमा दुई वर्ष भित्रै काम सम्पन्न गर्ने गरी ८ करोड १३ लाल ७३ हजार ७ सय १५ रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेका थिए। तर, दुई वर्षको अवधीमा पुलको काम जम्मा २० प्रतिशतमा सिमित बन्यो। 

जेठ मसान्तपछि पुल निर्माणका लागि दोश्रो पटकको म्यादसमेत सकिएको छ। तर, पुल निर्माण भने हुन नसको इन्जिनियर जोशीले बताए। ‘अहिले आएर ठेकदारले लकडाउनलाई बहाना बनाएर पुल निर्माण गर्न नसकेको प्रतिक्रिया दिन थालेको छ,’ इन्जिनियर जोशीले भने, 'अब कसरी अगाडी बढ्ने भन्ने बारेमा सोचिरहेका छौं।’ उनले ठेकदारलाई कारवाहीका लागि सिफारिस गर्ने बारेमा पनि छलफल भएको बताए। 

एड्भेन्चर कन्ट्रक्सनका इन्जििनियर दिनेश बटालाले भने जेठभित्र पुल निर्माणको काम सक्ने लइाका साथ काम गरेको भएपनि चैतदेखी लकडाउन हुँदा समस्या भएको बताए। ‘लकडाउन पछि मज्दुर नपाउँदा काम गर्न सकिएन', उनले भने, ‘अब केही सहज भएको छ, बर्षायाममै काम सक्नेतयारी गरेका छौं।’ 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने लकडाउनको अवधीमा कुनै पनि निर्माण कम्पनिलाई काममा अबरोध नगरेको बताए। ‘हामीले निर्माण कम्पनिलाई विकासका काम सुचारु गर्न दिने निर्णय नै गरेका थियौं,’ प्रजिअ बोहराले भने, ‘कसैले काममा लकडाउन बाधक भयो भन्छ भने त्यो झुटो हो।’


Leave a Reply

Your email address will not be published.