नेकपा सचिवालय बैठक सुरु

नेकपा सचिवालय बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अपराहन्न ३:१० बाट बैठक बसिरहेको छ।

पटक-पटक सरिरहेको स्थायी समिति बैठक लामो समयपछि बसेको हो। बैठकमा पछिल्लो समय पार्टीमा उत्पन्न समस्या र प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषयमा छलफल हुने बताइएको छ। 

स्थायी समितिमा ओलीलाई राजीनामा दिन दबाब छ। बहुसंख्यक नेताहरूले राजीनामा मागेपछि प्रधानमन्त्री ओली अफ्ठेरोमा छन्। यसैबारे छलफल गर्ने भनी दुई अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पटक-पटक संवाद भए पनि सहमति नजुटेपछि सचिवालय बैठक बोलाइएको हो। 

नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। ६ सदस्यहरू राजीनामा पक्षमा र ओलीसहित तीन जना राजीनामा दिनु हुन्न भन्ने पक्षमा छन्। 


Leave a Reply

Your email address will not be published.