नेपालमा घट्दै संक्रमण दर, तीन हजारभन्दा बढीको परीक्षण गर्दा ५७ मा संक्रमण पुष्टि
नेपालमा शनिबार ५७ थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
देशभर ५ हजार ८ सय २५ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ। शनिबार पुष्टि भएकासँगै देशभर १७ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ।
जेठ १२ मा ७८ जना संक्रमण पुष्टि भएको थियो। आज संक्रमित भएको तथ्याङ्कलाई हेदा डेढ महिना यता कम भएको पाइएको छ।
मन्त्रालयका अनुसार २७ वटा प्रयोगशलामा शुक्रबार ३ हजार ३ सय ३१ नुमना परीक्षण भएको छ।
आज देशका क्वारेन्टाइनमा २३ हजार २ सय ७५ रहेका मन्त्रालयले जनाएको छ। देशभरबाट पछिल्लो २४ घण्टामा १०३ जनाले संक्रमण जितेका छन्।
यो सँगै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ। यो संख्या कुल संक्रमित मध्ये ६६.१२ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ।